नेपाल इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाहको भव्य विदाई

८ श्रावण २०७८, शुक्रबार ११:२०

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका सिईओ बिजय बहादुर शाहको भव्य बिदाइ गरिएको छ । हिजो अपरान्ह राजधानीको एक पाँच तारे होटलमा भव्य विदाई गरिएको हो ।

चार वर्ष बिताएर आजबाट विदा लिन लागेका सिईओ शाहलाई हिजो कम्पनीका सञ्चालक तथा कर्मचारीहरुले भव्य विदाई गरेका हुन् । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्समा आउपछि शाहले खराव अवस्थामा रहेको संस्थालाई प्रगति पदमा लम्काउन भूमिका निर्वाह गरेका छन् ।

२०७४ साल असार २० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सोही वर्षको साउन ९ गतेदेखि सिईओको रुपमा कार्यभार सम्हालेका शाहको चार वर्षे कार्यकाल आजबाट सकिएको हो । कार्यकाल सकिनु एक दिन अगावै उनको भव्य विदाई गरिएको छ । सञ्चालक समितिले कार्यकाल थप नगरेपछि शाहले कम्पनीलाई धन्यवाद दिएर बिदा भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*