एलआईसी नेपालको बीमा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिने, दुई कम्पनीबीच सम्झौता

८ श्रावण २०७८, शुक्रबार १८:५३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालका बीमितहरुले अबदेखि इसेवाबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

शुक्रबार एलआईसी नेपाल र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । बीमितलाई सहज र सरल तरिकाबाट बीमा शुल्क भुक्तानी गर्ने सम्बन्धी सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास र इसेवाका साजन महर्जनले शुक्रबार हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

सम्झौता अनुसार एलआईसी नेपालका बीमा पोलिसी खरिद गरेका बीमितहरुले बीमाशुल्क भुक्तानी गर्दा इसेवामार्फत भुक्तानी गर्न सक्नेछन् ।

कसरी गर्ने बीमा शुल्क भुक्तानी ?
सर्वप्रथम एलआईसी नेपालको वेभसाइटमा गएर अनलाईन प्रिमियम भुक्तानीमा क्लिक गर्नुपर्नेर्छ । त्यसपछि आफ्नो पोलिसि नम्बर, जन्म मिति र इमेल ठेगाना राखेर लग इन गर्नुपर्छ । बीमितिले सो प्रक्रिया पूरा गरेपश्चात इसेवामा क्लिक गरेर प्रिमियम रकम तिर्नसक्ने कम्पनीले जनाएको छ । इसेवामार्फत आफ्नो खाता लिंक गरि भुक्तानी गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*