बीमा समितिद्वारा ९ वर्ष पुरानो निर्णय फिर्ता, घरजग्गा बाहेकका सम्पत्ति किन्न कम्पनी स्वतन्त्र

९ श्रावण २०७८, शनिबार २२:१८

काठमाडौं । बीमा समितिले नौ वर्ष पुरानो निर्णय उल्टाउँदै बीमा कम्पनीहरुलाई घरजग्गा बाहेकका स्थीर सम्पत्तिहरु खरिद गर्न सक्ने स्वतन्त्रता प्रदान गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै बीमा कम्पनीहरुलाई हिजो एक निर्देंशन जारी गर्दै घर जग्गा बाहेकका स्थिर सम्पति खरिद गर्दा बीमा समितिको स्वीकृति आवश्यक नपर्ने व्यवस्था लागू भएको जनाएका छन् ।

यद्यपि बीमा कम्पनीहरु स्वनियमनमा बसेर नेटवर्थको ३० प्रतिशतको सीमाभित्र भने बस्नुपर्नेछ । बीमा समितिले यही साउन ८ गते परिपत्र जारी गर्दै नेटवर्थको ३० प्रतिशत सिमा भित्र रहेर कार्यालयका लागि आवश्यक स्थिर सम्पति खरिद गर्न पाउने सुबिधा दिएको हो ।

नयाँ व्यवस्थासँगै नयाँ शाखा विस्तारको लागि सामान खरिद गर्दा बीमा समितिबाट अनुमति लिनुपर्दैन भने सवारी साधन तथा अन्य कार्यालयका सम्पत्ति खरिदका लागि सम्बन्धित कम्पनीको सञ्चालक समितिको निर्णय गरेर खरिद गर्न स्वतन्त्र भएका छन् ।

नयाँ निर्णयले बीमा कम्पनीहरुमा स्वच्छाचारी रुपमा खर्च बढ्ने तथा अनावश्यक बिलासी सामान खरिद गरेर सञ्चालकहरुका घर–घरमा पुग्न सक्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*