यूनाइटेड इन्स्योरेन्सको २७ औँ साधारण सभा साउन ३१ गते हुने

१० श्रावण २०७८, आईतवार ११:४३

काठमाडौँ । यूनाइटेड इन्स्योरेन्सले कम्पनीको २७ औँ वार्षिक साधारण सभा तय गरेको छ । संचालक समितिको ३५९ औँ बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा साउन ३१ गते गर्ने निर्णय गरेको हो ।

यही साउन ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको साधारणसभा साउन ३१ गते बिहान ११ः३० बजे भर्जुअल मार्फत आह्वान गरिएको छ । सभाका लागि साउन २० गते एक दिनका लागि कम्पनीले बुकक्लोज गर्ने भएकाले साउन १९ गतेसम्म कायम रहेको संस्थापक शेयरधनिले मात्र उक्त साधारणसभामा सहभागी हुन पाउने छन् ।

कम्पनीको सभाले २०७६। ०७७ को वार्षिक प्रतिवेदन र वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*