कोरोनाबाट मृत्यु भएका अहमद खाँ का परिवारलाई नेशनल लाइफद्वारा ११ लाख दावी भुक्तानी

११ श्रावण २०७८, सोमबार ०९:५३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखाले कोरोनाबाट मृत्युवरण गरेका नरैनापुर–०५, बाँके निवासी फारूक अहमद खाँ का आश्रित परिवारलाई ११ लाख १२ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

गत वर्ष मात्रै नेशनल लाईफ लाईफ इन्स्योरेन्स कम्पनीमा १० लाख रुपैयाँ बीमाङ्कको जीवन बीमा गराएका खाँको केही दिन पहिले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । बीमा शुल्कबापत पहिलो किस्ता मात्र भुक्तानी गरेको अवस्थामा उनको निधन भएको थियो ।
आइतबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्ज शाखा प्रमुख दिप नारायण खनालले मृतककी धर्मपत्नी कदिरून निशा खाँलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

जीवन बीमा गरेका बीमितले कोरोना वा जुनसुकै कारणबाट मृत्युवरण गरेमा पनि बीमाङ्क रकममा आर्जित बोनससहित आश्रित परिवारले पाउनेछन् । त्यसैले जीवन बीमालाई आफ्नो मृत्यु पर्यन्त आफूमा आश्रित परिवारको सुरक्षा कवच मानिँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*