सानिमा लाइफको ६० करोड रुपैयाँको आईपिओ साउन २० गतेदखि निष्काशन, कहाँ कहाँबाट पाइन्छ भर्न ?

१२ श्रावण २०७८, मंगलवार ०६:४६

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर (आईपिओ) यही साउन २० गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने गरी निष्काशन गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओमा साउन २० गतेदेखि साउन २४ गतेसम्म आवेदन पाउनेछन् ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता आईपिओ मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र थप ५ प्रतिशत अर्थात तीन लाख कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ लाख कित्ता शेयर आवेदन दिएका सर्वसाधारणको लागि वितरण गरिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका कृष्ण गिरीका अनुसार सर्वसाधारणहरुले मेरो शेयरको वेभसाइट तथा एप र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा गएर आईपिओ भर्न सक्नेछन् । तर, आईपिओ भर्न डिम्याट खाता भने अनिवार्य रुपमा आवश्यक पर्नेछ ।

दुई अर्ब जारी पुँजिको ३० प्रतिशत आईपिओ जारी गर्न लागेको हो । कम्पनीको हाल चुक्ता पुँजि एक अर्ब ४० करोड रुपैयाँ छ । आईपिओ जारी भएपछि कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब पुग्नेछ ।

सानिमा लाइफको आइपीओमा न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । तर, विद्यमान शेयर बाँडफाँड सम्बन्धी व्यवस्था र लगानीकर्ताहरुको चापका कारण न्यूनतम् १० कित्ता भन्दा बढिमा आवेदन दिनुको कुनै अर्थ रहदैन ।

सानिमा लाइफको आईपीओलाई औसतभन्दा राम्रो रेटिङ दिइएको छ । केयर रेटिङ्ग नेपालले सानिमा लाइफ इन्स्योरेन्सको आईपिओलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

One thought on “सानिमा लाइफको ६० करोड रुपैयाँको आईपिओ साउन २० गतेदखि निष्काशन, कहाँ कहाँबाट पाइन्छ भर्न ?

  1. Gyanendra sharma says:

    Chahincha

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*