यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

१२ श्रावण २०७८, मंगलवार १२:०२

काठमाडौंं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाँच महिना अघि मात्रै बीमा गरेका बीमितको कोरोना संक्रमणबाट निधन भएपछि मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीको सुरुङ्गा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी बापतको २० लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले इलामको सुर्योदय नगरपालिका १० का मृतक संजोग प्रधानको घरमै गएर उनकी श्रीमति कन्चन कार्कीलाई सो रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार प्रधानको गत असार १४ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनले पाँच महिना अघि मात्र कम्पनीमा २० लाख रुपैयाँको बिमा गरेको र पहिलो पृमियम बापत १ लाख ८०० रुपैयाँ बुझाएको कम्पनीले जनाएको छ ।

रकम भुक्तानीका लागि प्रक्रिया सुरु गरेको दुई हप्ता भित्रै कम्पनीले बीमा दाबी भुक्तानी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*