नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड १७ लाख मृत्यु दाबी भुक्तानी

१२ श्रावण २०७८, मंगलवार १४:३८

काठमाण्डौं । नेशनल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले १ करोड १७ लाख ७५ हजार रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीका अनुसार मृतक बीमित पूज्यस्वरी कार्की किष्ट मेडिकल कलेज इमाडोलका वरिष्ठ नेत्र रोग विशेषज्ञ थिइन् । उनले सन् २०१८ जुलाइमा १० वर्षे अमृत वर्षा बीमा योजना लिएकि थिइन् । सो बीमा योजना अन्तर्गत कम्पनीले उनले इच्छ्याएका व्यक्ति छोरा प्रारब्धलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीको जावलाखेल शाखा कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा ब्रान्च म्यानेजर घनश्याम रिमालले उक्त चेक हस्तान्तरण गरेको हो । उक्त बीमा कम्पनीले आवश्यक कागजात पेश गरेको एक सातामै मृत्यु दाबी भुक्तानी गरेको जनाएको छ ।

बीमित कार्कीको गत जेठ ५ गते कोरोनाका कारण मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*