रिलायबल नेपाल लाइफको सिईओ लोहनीको कार्यकाल थप, बीमा समितिले दियो स्वीकृति

१२ श्रावण २०७८, मंगलवार १६:००

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा नारायणबाबु लोहनी थप चार वर्षका लागि दोहोरिने भएका छन् । सञ्चालक समितिले उनको कार्यकाल थप गर्ने निर्णय गरेको छ भने बीमा समितिले लोहनीलाई थप कार्यकाल प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ ।

बीमा समिति स्रोतले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल दोहोर्याउन स्वीकृति दिएको जनाएको छ । सञ्चालक समितिको उक्त निर्णय पछि अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाइएको थियो ।

लोहनीको पहिलो कार्यकाल यहि साउन १७ गतेदेखि सकिदैछ । उनले साउन १८ गतेबाट दोस्रो कार्यकाल सुरु गर्नेछन् । स्थापनाकाल देखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका लोहनीलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट कम्पनी बनाउन सफल भइसकेका छन् । उनको नेतत्वमा आगामी चार वर्षमा कम्पनी अझै अब्बल बन्ने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*