एनएलजीको साधारण सभा साउन २१ गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ श्रावण २०७८, बुधबार ११:१६

काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज साउन १३ गते अन्तिम दिन रहेको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुकक्लोज गर्दैछ । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले साउन २१ गते बिहीबार आफ्नो रजिष्टार्ड कार्यालय पानीपोखरीमा १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले आ.व. २०७६।७७ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*