राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने, साउन १७ गतेसम्म आवेदन दिनुपर्ने

१३ श्रावण २०७८, बुधबार ११:४१

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकहरुलाई आह्वान गरेको छ ।संस्थानले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने आह्वान गरेको हो ।

संस्थानले लगानी गर्नको लागि साउन १३ गतेदेखि साउन १७ गतेभित्र संस्थानको प्रधान कार्यालयको वित्त व्यवस्थापन विभागमा प्राप्त हुने गरी गोप्य शिलबन्दी प्रस्ताव बुझाउन बैंकहरुलाई अनुरोध गरेको छ ।

संस्थानले राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले हालै प्रकाशित वित्तीय विवरण संलग्न राखी त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न समेत आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*