जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त

१३ श्रावण २०७८, बुधबार १२:१६

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।कम्पनी सञ्चालक समितिको साउन १२ गते सम्पन्न बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

स्थापनादेखि नै सञ्चालकहरुको कोपभाजनमा परेको जनरल इन्स्योरेन्स कम्पनीमा पहिलो पटक सिईओ नियुक्ती भएको छ । बीमा कम्पनीहरुमा ७० वर्षमाथिका व्यक्ति सिईओ हुन नपाउने व्यवस्था भएपनि महाप्रबन्धकको रुपमा फस्ट म्यानको हैसियतमा ७४ बर्षिय एसके तमोटले काम गर्दै आएका थिए । गत पुसदेखि उक्त पद समेत रिक्त भई नेतृत्व विहिन भएको जनरल इन्स्यारेन्स कम्पनीमा पहिलो पटक सिईओ नियुक्त गरिएको हो ।

कम्पनीले श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि सिईओ पदमा नियुक्त गरेको हो । यस अघि श्रेष्ठ कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

२०७७ साल चैत २४ गते सम्पन्न संचालक समितिको बैठकले श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*