रिलायन्स लाइफद्धारा २ करोड ५० लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

१३ श्रावण २०७८, बुधबार १५:२९

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साढे २ करोड रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमित सजन विकको परिवारलाई २ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।कम्पनीले आज एक औपचारिक कार्यक्रम आयोजना गर्दै कम्पनीमा बीमा गरेका मृतककी पत्नी सपना मल्ललाई दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निदेर्शक एंव प्रवक्ता राजु रमण पौडेल, कम्पनी सञ्चालक समितिका अध्यक्ष तारानाथ केडी, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली लगाएतको उपस्थिति रहेको थियो ।

मृतक बीमित विकले रिलायन्स लाइफमा २० वर्षे बीमा अवधिको पोलिसी खरिद गरेका थिए । उनले प्रथम बीमाशुल्क वापत ५ लाख २२ हजार ८२० रुपैयाँ कम्पनीलाई बुझाएका थिए ।यस अघि रिलायबल नेपाल लाइफले ४ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*