सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता, नयाँ गाडी प्रतिस्थापन योजना साथै दैनिक भाडादर ३ हजार सम्म प्रतिपूर्ति

१३ श्रावण २०७८, बुधबार १८:२४

टाटा मोटर्सका नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर ईन्स्योरेन्स कम्पनी लि. बीच अटो प्लसमा सम्झौता भएको छ । शिखर ईन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को तर्फबाट संस्थाका उप–सभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

यस अटो प्लसमा सम्झौतामा टाटा मोर्टस्द्धारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्ष सम्म लागु हुनेछ । साथै यो स्कीम ब्यापक मोटर बिमा पोलिसीमा मात्र लागु हुनेछ । जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर रु ३,००० र टाटा एस÷ टाटा इन्ट्राका लागि भाडादर रु १,५०० प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका फाईदाहरु रहेका छन् ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को आफुलाई पायक पर्ने नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीको दावी छ ।

 

One thought on “सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता, नयाँ गाडी प्रतिस्थापन योजना साथै दैनिक भाडादर ३ हजार सम्म प्रतिपूर्ति

  1. बलराम श्रेष्ठले says:

    राम्रो सुरूवात

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*