प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि खरिद गर्न सकिने, प्रतिकित्ता ५०० रुपैयाँमा लिलामी सुरु

१४ श्रावण २०७८, बिहीबार १०:११

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर आजदेखि लिलामी सकार गरेर खरिद गर्न पाइने भएको छ । सो कम्पनीको करिब साढे ५ लाख कित्ता संस्थापक शेयर आजदेखि लिलाम सुरु भएको छ । कम्पनीको ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयरमा आजदेखि प्रतिकित्ता ५०० रुपैयाँ भन्दा बढि मूल्यमा लिलाम बढाबढको सिद्धान्त अनुसार खरिद गर्न पाइने भएको छ ।

कम्पनीको लिलामी शेयरको प्रति कित्ता न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेर लिलाममा राखिएको हो । कम्पनीको लिलामी शेयरमा आवेदन दिन योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले साउन २२ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*