नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

१४ श्रावण २०७८, बिहीबार १०:३४

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बुक क्लोजपछिको शेयर मूल्य समायोजन गरिएको हो ।

हिजो अन्तिम कारोबार हुँदा प्रतिकित्ता १३१८ रुपैयाँमा अन्तिम कारोबार भएको नेको इन्योरेन्सको शेयर आजबाट ११९८ दशमलव १८ रुपैयाँबाट कारोबार हुनेछ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले साधारणसभापछि वितरण हुने १० प्रतिशत लाभांशपछि शेयर मूल्य समायोजन गरेको हो । नेप्सेमा हिजोसम्म कारोबार भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने १० प्रतिशत लाभांश लिन पाउनेछन् । आजबाट लाभांश नपाउने गरी कारोबार खुल्ला गर्नुअघि शेयर मूल्य समायोजन गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*