जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७८ अर्बमाथि, कुन कम्पनीको कति ?

१४ श्रावण २०७८, बिहीबार १४:५७

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले गत असार मसान्तसम्ममा ७८ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार १२ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ७८ अर्ब ३५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार असार मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा २३ अर्ब ९९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको हो ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा १३ अर्ब ५८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।त्यस्तै, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले यस त्रैमाससम्ममा ८ अर्ब १० करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ६ अर्ब ६५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको ।

समिक्षा अवधिमा एशियन लाइफले ३ अर्ब ७८ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ७८ करोड रुपैयाँ, यूनियन लाइफले ३ अर्ब ५७ रुपैयाँ, प्राइम लाइफले २ अर्ब ६३ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब २५ करोड रुपैयाँ, गुराँस लाइफले २ अर्ब ११ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ४९ करोड रुपैयाँ र ज्योति लाइफले १ अर्ब २५ रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

त्यस्तै, समितिको तथ्याङ्क अनुसार आइएमई लाइफले १ अर्ब १९ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ९ करोड रुपैयाँ, सन नेपाल लाइफले ८९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ७८ करोड रुपैयाँ, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६७ करोड रुपैयाँ, प्रभु लाइफले ५६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ३१ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*