निर्जीवन बीमा कम्पनीहरुको ‘अण्डरराईटिङसँग सम्बन्धित समस्या र समाधान विषयक’ अन्तक्रिया कार्यक्रम सम्पन्न

१५ श्रावण २०७८, शुक्रबार १६:१९

काठमाडौं । बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरुको अण्डराइटिङ विभाग प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । समितिले इन्स्योरेन्स इन्स्टिच्युट नेपालको तालिम हलमा बिहिबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बीमा समितिको तर्फबाट अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु दिनेशलाल कर्ण र पुजन ढुङ्गेलको उपस्थिति थियो । त्यस्तै, इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्मा र सम्पुर्ण निर्जीवन बीमा कम्पनीका अण्डरराइटिङ विभागका प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन निर्देशक कर्णले गरेका थिए ।

सम्पुर्ण निर्जीवन बीमा कम्पनीको अण्डरराइटिङ विभागका प्रमुखहरुलाई ‘अण्डरराईटिङ सँग सम्बन्धित समस्या र समाधान विषयक’ अन्तक्रिया तालिममा सहभागी रहेको थियो । अघिल्लो शुक्रबार इन्स्योरेन्स इन्स्टिच्युट अफ नपाललले जीवन बीमा कम्पनीहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*