यूनाइटेड इन्स्योरेन्सको साधारणसभा साउन ३१ गते, बुक क्लोजको मिति तय

१५ श्रावण २०७८, शुक्रबार १७:०८

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले २७ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि साउन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

जसका कारण साउन १९ गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । कम्पनीले साउन ३१ गते २७ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बिहान ११ः०० बजे अनलाइन (भर्चुअल) माध्यमबाट सभा बोलाएको हो । कम्पनीले शेयरधनीलाई लाभांश बिना नै साधारण सभा बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*