नवविवाहित जोडीलाई बीमा पोलिसी उपहार

१५ श्रावण २०७८, शुक्रबार १८:४३

काठमाडौं । कैलालीकी एक दम्पतीले आफनो बहिनिको बिहेको टिकोटालो कार्यक्रममा उपहार स्वरुप जीवन बीमा पोलिसी उपहार दिएका छन् ।सुर्या लाइफ इन्स्योरेन्स अत्तरिया शाखाका एजेन्सी म्यानेजर शंकर बहादुर बोगटीकी श्रीमती हिउँकला देवी बोगटीले बहिनी ज्वाईको बिमांक रकम ३ लाखको सुर्या सु–संरक्षित जीवन बीमा गरी बहिनिको टिकोटालो कार्यक्रममा उपहार दिएकि हुन् ।

समाजमा प्राःय जसो बिहेको टिका टालो कार्यक्रममा नगद तथा जिन्सी समाग्रीहरु उपहार दिने गरेको भए पनि कैलालीको गोदावरी नगरपालिका १ घर भएकी बोगटीले जीवन बीमा उपहार दिएको कम्पनीका अत्तरिया शाखाका प्रमुख पदम सिह बोहराले जानकारी दिए । विवाहसंगै ब्रतवन्ध, पास्नी र जन्मदिनमा बीमा पोलिसि उपहारका रुपमा दिने क्रम बढी रहेको उहाँको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*