कोरोना बीमा दावी भुक्तानीको लागि बीमा कम्पनीका सिईओहरु बीमा समितिमा डेलिगेशन

१५ श्रावण २०७८, शुक्रबार १९:२२

काठमाडौं । कोरोना बीमा दावी भुक्तानीको लागि निर्जिवन बीमा कम्पनीका सिईओहरुले बीमा समितिमा डेलिगेशन गएका छन् । लामो समयदेखि कोरोना बीमाको दावी भुक्तानी रोकिएको सन्दर्भमा आज निर्जिवन बीमा कम्पनीका सबै सिईओहरु बीमा समिति पुगेर यथार्थ अवगत गराएका छन् ।

नेपाल बीमक संघको नेतृत्वमा गएको डेलिगेशनको क्रममा लिखित पत्र समेत बुझाएका छन् । कोरोना बीमाको दावी भुक्तानीको लागि पाँच अर्ब रुपैयाँ भन्दा बढि आवश्यक भएको बेला अर्थमन्त्रालयले रकम निकासा नगरेपछि अन्योलता उत्पन्न भएको छ ।

नेपाल सरकार र बीमा समितिसँग पटक–पटक छलफल भए पनि भुक्तानीका लागि आवश्यक रकम नपठाए पछि आज डेलिगेशन गएका हुन् । सो क्रममा बीमा समितिले अर्थमन्त्रालयमा ताकेता बढाउने र थप पहल गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*