नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ असार २०७८, बिहीबार ०८:२१

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।सभा आफ्नै भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे हुने भएको छ ।

साथै अन्य प्रस्तावमा कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असार १८ गतेदेखि ३१ गतेसम्म बन्द रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*