नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

१७ असार २०७८, बिहीबार १४:५५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको । कम्पनीको लेखनाथ शाखाले घातक रोग बापतको दाबी भुक्तानी गरेको हो ।कम्पनीले एक कार्यक्रमकाबीच लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्क्षय छत्र धर आत्रेयले २० लाख रुपैयाँको चेक कम्पनीका बीमित पोखरा १४ चाउथे निवासी विजय गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

गुरुङले कम्पनीमा गत असोज महिनामा संजीवनी सावधिक अमृत बीमा गरेका थिए । उनले गत चैत्रमा फस्ट हार्ट अट्याक भै मणिपाल शिक्षण अस्पतालमा उपचार गरि पूर्ण स्वास्थ्य सुविधा लिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*