नेप्सेमा नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

१७ असार २०७८, बिहीबार १५:१३

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा साताको अन्तिम दिन बिहिवार नेको इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनी आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा पहिलो नम्वरमा पर्न सफल भएको छ ।

आज नेको इन्स्योरेन्स कम्पनीको ३० करोड ७२ लाख ४९ हजार ५१३ रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै दोस्रो नम्वरमा ज्योति विकास बैंक परेको छ । सो कम्पनीको आज एकै दिन १८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, तेस्रो नम्वरमा रहेको मेगा बैंकको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको १६ करोड रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीकोे १६ करोड, एनएलजी इन्स्यारेन्सको १२ करोड, नेपाल इन्स्योरेन्सको १२ करोड, नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै अपि पावरको ११ करोड र सेन्चुरी कमर्शियल बैंकको ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

साताको अन्तिम दिन सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा नेको, नेपाल पुनर्बीमा, एनएलजी, नेपाल इन्स्योरेन्स गरी चार कम्पनी पर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*