प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१८ असार २०७८, शुक्रबार ०८:१५

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। उक्त संस्थापक शेयरमा आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाउनेछन् ।

कम्पनीले कोषको १ लाख कित्ता संस्थापक शेयर असार ११ गतेदेखि लिलामीमा ल्याएको हो । कम्पनीको शेयरको मूल्य न्यूनतम १ हजार २ सय रुपैयनन् तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ रहेको छ। साथै कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*