रिलायन्स लाईफ इन्स्योरेन्स पाटन शाखाले माग्यो ब्रान्च म्यानेजर

१८ असार २०७८, शुक्रबार १३:०८

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाटन शाखाले शाखा प्रमुख माग गरेको छ । देशका विभिन्न स्थानमा ९७ वटा शाखा तथा उपशाखा गरी ग्राहकहरुलाई उत्कृष्ट जीबन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको यस इन्स्योरेन्स कम्पनीले पाटन शाखाका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै इच्छुक आवेदकलाई पाटन शाखा प्रमुखको लागि आवेदन दिन अनुरोध गरेको हो । यसका लागि आजको मितिदेखि ७ दिनभित्रमा इच्छुक आवेदकले आवेदन पत्र र सिभि कम्पनीको इमेल  [email protected] मा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

पाटन शाखा प्रमुखको लागि विश्वविद्यालयबाट न्युनतम स्नातक तह उत्तिर्ण भएको हुनुपर्दछ । र जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा कार्यानुभव भएका आवेदकलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*