सन नेपाल लाइफको वरिष्ठ प्रबन्धकमा खनाल नियुक्त

१८ असार २०७८, शुक्रबार १७:०४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वरिष्ठ प्रबन्धक नियुक्ति गरेको छ । कम्पनीको वरिष्ठ प्रबन्धक (प्रमुख कर्पोरेट बिक्री तथा लघु बीमा विभाग) पदमा सुमना न्यौपाने खनाल नियुक्त भएकी हुन् ।

१२ वर्ष १० महिना सूर्य लाइफ इन्स्योरेन्समा काम गरेकी खनालसँग बीमा मार्केटिङ सम्बन्धि प्रशस्त अनुभव रहेको छ ।  कर्पोरेट क्षेत्रमा खनालको प्रदर्शनको आधारमा कम्पनीले प्रत्यक्ष व्यवसायको विकासको लागि वरिष्ठ प्रबन्धमा नियुक्ति गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*