जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ३५ अर्ब माथि, कुनले कति आर्जन गरे ?

१९ असार २०७८, शनिबार ०७:४७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनाको अवधिसम्ममा ३५ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् । निषेधाज्ञाका बीच पनि जीवन बीमा कम्पनीहरुले ३५ अर्ब माथि बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख रहेको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ११ महिनाको अवधिसम्ममा ३५ अर्ब १९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ११ महिनाको अवधिमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्ने सफल भएको छ। कम्पनीले यस अवधिसम्ममा ७ अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा ३ अर्ब १८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ३ अर्ब १७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार यूनियन लाइफले २ अर्ब ६६ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब ९७ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ७८ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ७१ करोड रुपैयाँ, ज्योति लाइफले १ अर्ब ६२ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५९ करोड रुपैयाँ र गुराँस लाइफले १ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, मेट लाइफले १ अर्ब ३४ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब २५ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब १३ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ९ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८ करोड रुपैयाँ, प्रभु लाइफले ७५ करोड रुपैयाँ, सन नेपाल लाइफले ७३ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६९ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ५१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*