सानिमा लाइफ इन्स्योरेन्सद्धारा दुई मृत्यु बीमा दाबी भुक्तानी

२० असार २०७८, आईतवार १४:४२

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दुई जना मृतकको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम भुक्तानी गरेको छ । कम्पनीले कोरोना संक्रमणबाट ज्यान गुमाउने दुई मृतक बीमितको परिवारलाई उक्त दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीको नेपालगंज शाखाले मृतक हरिभक्त रोकायाको श्रीमती मिना कुमारी बुढालाई १० लाख १० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । मृतक रोकायाको बैशाख १८ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनले कम्पनीबाट ५ लाख रुपैयाँको सानिमा लाइफ शुभ लक्ष्मी बीमा योजना लिएका थिए । उक्त बीमा अन्तर्गत कालगतिले मृत्यु भएको खण्डमा दुई गुणा र दूर्घटनाबाट मृत्यु भएको खण्डमा तीन गुणा दाबी भुक्तानी गर्ने योजना रहेको थियो । उक्त योजनाबाट उनले दोब्बर बीमांक रकम वापतको सुविधा पाएका छन् ।

त्यस्तै कम्पनीले कम्पनीका एमडिआरटि मृतक विनोद परियारको श्रीमती भूमि परियारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । उनको कोरोना संक्रमणबाट बैशाख १२ गते मृत्यु भएको थियो । मृतक परियारले कम्पनीबाट १५ लाख रुपैयाँको सरल बीमा योजना खरिद गरेका थिए । मृतकले कम्पनीबाट गाडीको लागि कर्जा लिएको कारण उनको श्रीमतिलाई २ लाख ५ हजार रुपैयाँ दाबी वापतको रकम हस्तान्तरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*