अत्याधुनिक बन्दै राष्ट्रिय बीमा संस्थान, साउन १ गतेदेखि नयाँ सफ्टवयरको परिक्षण सुरु

२० असार २०७८, आईतवार १५:००

काठमाडौं । देशकै सबैभन्दा पुरानो जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी साउन १ गतेदेखि नयाँ सफ्टवयर प्रयोग गर्ने भएको छ । संस्थानलाई समय सापेक्ष प्रविधिमैत्री बनाउने उद्देश्यले अत्याधुनिक सफ्टवयर जडान गरेर अत्याधुनिक र प्रविधिमैत्री बनाउन लागिएको संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकले जानकारी दिए ।

संस्थानमा जडान गरिएको आईसोलुशन लाइफ नामक सफ्टवयर परिक्षण सुरु गरिएको छ । बीमा सम्बन्धी सफ्टवयर निर्माता कम्पनी दर्शन टेकले तयार पारेको ‘आईसोलुसन लाईफ’ सफ्टवयरमा पुरानो सफ्टवयरबाट डाटा माइग्रेट सफल भएको छ । २० वर्षभन्दा पुरानो सफ्टवयरबाट डाटा माइग्रेशन गर्न निकै चुनौतिपूर्ण मानिएको थियो । उक्त कार्य सफल भएको संस्थानले जनाएको छ । नयाँ सफ्टवयरमा प्रवेशसँगै बीमा संस्थानको तथ्याङ्कहरु अब झन सजिलो हुने भएको छ ।

संस्थानले गत वर्षदेखि नै नयाँ सफ्टवयर बनाउन सुरु गरेको थियो । अब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । सो क्रममा पछिल्लो पटक संस्थानले तीन दिनसम्म कारोबार इन्ट्री बन्द गरेर पुरानो सर्भरको डाटा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको जनाएको छ ।

हाल परिक्षणको चरणमा रहेको सफ्टवयर एक सातासम्मको सुक्ष्म विश्लेषणसँगै आगामी साउन १ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने संस्थानले जनाएको छ । संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकले आजदेखि नयाँ सफ्टवयर परिक्षण गरिएको र एक साताको परिक्षणपछि आगामी साउन १ गतेबाट सम्पूर्ण रुपमा नयाँ सफ्टवयरबाट काम गरिने जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*