बैंकास्योरेन्स खुल्ला गर्न माग गर्दै बैंकर्स संघ राष्ट्र बैंकमा

२० असार २०७८, आईतवार २१:३३

काठमाडौं । कोर बैंकिङ भन्दा बाहिर गएर वित्तीय कारोबार गर्ने प्रयत्नमा रहेका नेपालका बैंकहरुले यस पटक पुनः बैंकास्योरेन्सको मुद्दा उठाएका छन् । विगतका वर्षहरुमा दुरुपयोग र चर्को विरोधपछि बन्द गरिएको बैंकास्योरेन्स आगामी आर्थिक वर्षदेखि पुनः सुचारु गर्न नेपाल राष्ट्र समक्ष औपचारिक रुपमा माग गरिएको छ ।

नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि संघको तर्फबाट राष्ट्र बैंकमा सुझाव पेश गरेको छ । संघले राष्ट्र बैंकलाई सुझाव पेश गर्ने क्रममा बीमाको दायरा बढाउनका लागि व्यवस्थित रुपमा बैंकास्योरेन्स व्यवस्था माग गरेको हो ।

बैंकले सर्वसाधारणमा बीमाको दायरा बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी विक्री गर्न पाउने प्रावधानलाई व्यवस्थित बनाई लागू गर्न सुझाव दिएको हो ।सर्वसाधारणमा बीमाको दायरा बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी विक्री गर्न पाउने प्रावधानलाई व्यवस्थित बनाई लागू गर्ने माग गरेको छ।

बैंकहरुले बैंकास्योरेन्स सेवा प्रदान गर्दा मुलुकको ७ सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरुको पहुँच भएको अवस्थामा ग्राहकहरुले सहज र सरल रुपमा दुर–दराजमा समेत सेवा पाउने र यसले बीमाको दायरा बढाउन मद्दत गर्ने भन्दै सुझावमार्फत बैंकास्यारेन्स खुल्ला गर्न माग गरेका हुन् ।

गत वर्ष पनि बैकास्योरेन्स खुल्ला गर्न बैंकहरुले चर्को लविङ गरेका थिए । साथै नेपालमा सञ्चालित औसतभन्दा कम बीमा गर्ने केही जीवन बीमा कम्पनीहरुले पनि बैंकास्योरेन्स खुल्ला गर्नभित्रभित्रै सहमति जनाएको बुझिएको छ ।

जीवन बीमा अभिकर्ताहरुले भने बैंकास्योरेन्स खुल्ला नगर्न कडा संघर्ष गर्दै आएको छ । गत वर्ष संघकै दवावपछि राष्ट्र बैंकले बैंकास्योरेन्स खुल्ला गर्ने अन्तिम तयारी रोक्न बाध्य भएको थियो । यस वर्ष बैंकर्स संघले पुनः बैंकास्योरेन्स खुल्ला गर्न माग गरेको हो ।

2 thoughts on “बैंकास्योरेन्स खुल्ला गर्न माग गर्दै बैंकर्स संघ राष्ट्र बैंकमा

  1. कृष्ण प्रसाद आचार्य says:

    पहिले ६ लाख अभिकर्तालाइ रोजगारको ग्यारेन्टी गर,, संस्थागत बिमा बाट डुबेका पैसा ब्याज सहित नेपालि जनतालाई फिर्ता गर।।

  2. रविन अधिकारी says:

    बैंक तथा वित्तीय संस्थाकाे काम बैंकिङ काराेबार गर्ने हाे बीमाकाे काम अरुले नै गर्छन त्यसैपनि पहिलेकाे तथ्याङ्कअनुसार बैंकले गराएका बीमाहरु फेल खाईसकेका छन ! प्रथम प्रिमियम संकलन गर्नुमात्र बीमाकाे दायरा बढाउनु भन्ने हाेईन हाेला नि है !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*