बीमा व्यवसायमा एनएलजी इन्स्योरेन्सको छलाङ्, दुई अर्ब क्लवमा प्रवेश गर्यो एनएलजी

२१ असार २०७८, सोमबार ००:३७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा व्यवसायमा छलाङ् मार्न सफल भएको छ । कम्पनीले पहिलो पटक दुई अर्ब कूल बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीका कर्पोरेट बिजनेश हेड अन्जन ढकालले कम्पनीले चालु आर्थिक वर्षको असार १९ गतेसम्ममा कूल बीमा शुल्क आम्दानी दुर्ई अर्बको लक्ष्य पूरा गरेको जानकारी दिए । कर्पोरेट बिजनेश हेड ढकालले आफूहरुले निर्जिवन बीमा व्यवसायमा दीगो विकासको लक्ष्य लिएर अघि बढेको जानकारी दिएका छन् ।

एनएलजी इन्स्योरेन्स कम्पनीको इतिहासमा पहिलो पटक दुई अर्ब बीमा शुल्क आम्दानी गर्न सफल भएको हो । पछिल्लो समय एनएलजी इन्स्योरेन्सले आक्रामक व्यवसाय विस्तार गर्दै अघि बढेको छ । सो कम्पनीले सगरमाथा, सिद्धार्थ र नेको इन्स्योरेन्सलाई चुनौति दिँदै अघि बढ्न सफल भएको छ । कम्पनीले कूल बीमा शुल्क आम्दानीमा दुई अर्बको लक्ष्य भेट्टाउन सफल भएपछि बीमा व्यवसायमा एनएलजीले छलाङ् मार्न सफल भएको बीमा शुल्क आम्दानीले देखाएको छ ।

असार महिनामा अझै १० दिन बाँकी रहेकोले चालु आवको अन्त्यसम्ममा सवा दुर्ई अर्बको लक्ष्यका लागि मेहनत गरिरहेको सो कम्पनीले जनाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनी दुई अर्ब क्लवमा प्रवेश गरेसँगै नेपालको निर्जिवन बीमा व्यवसायमा आफूलाई अब्बल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*