जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा आज

२१ असार २०७८, सोमबार ०९:३३

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण काठमाडौंमा आज हुँदैछ । कम्पनीको यसअघि गत बैशाख २६ मा बोलाएको तेस्रो वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित गरिएकोमा अवस्था केही सहज भएपछि असार २१ गतेका लागि पुनः आह्वान गरिएको थियो ।

जनरल इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजेबाट तेस्रो बार्षिक साधारणसभा शुरु हुने कम्पनीले जनाएको छ । साधारणसभामा डिजिटल माध्यमबाट समेत भाग लिन पाइने जनाइएको छ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्नेछ । त्यस्तै, कम्पनीले कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्स कम्पनीले गत बैशाख १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*