जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

२१ असार २०७८, सोमबार १३:०५

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ।कम्पनीको केन्दि«य कार्यालयमा उक्त सभा सम्पन्न भएको हो ।

कम्पनीको यसअघि गत बैशाख २६ मा बोलाएको तेस्रो वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित गरिएकोमा अवस्था केही सहज भएपछि असार २१ गतेका लागि पुनः आह्वान गरिएको थियो ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गरेको छ । कम्पनीको संचालकमा महिला संचालक तर्फबाट सरस्वती गौतम ज्ञवाली र खुला पुरुष संचालकबाट अमृत वण्जाडे चयन भएका छन् ।

त्यस्तै, कम्पनीले कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ।सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*