नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

२१ असार २०७८, सोमबार १३:३९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाले बाल बीमा अन्तर्गत उक्त बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले कोहलपुर बाँके ११ का मृतक दुर्गा तिवारीको परिवारलाई उक्त बीमा दाबी भुक्तानी वापतको रकम हस्तनान्तरण गरेको हो । दुर्गा तिवारीले आफनो छोरीको बाल अमृत :१ बीमा वापत १५ लाख ५० हजार रुपैयाँको बीमा गराएकि थिईन् । उक्त बीमा वापत एक किस्ता मात्र कम्पनीमा बुझाएको थियो ।

उक्त बीमा योजनाले बालकको आमाबुबाको समेत रक्षावरण गर्ने भएको कारण कम्पनीले मृतक तिवारीको परिवारलाई १० लाख रुपैयाँ भुक्तानी गरेको हो ।यस बीमा अन्तर्गत अब उक्त परिवारले बीमा वापतको दाबी भुक्तानी रकम तिनुनपर्ने र उक्त बीमा म्याचुरीटि हुनुपूर्व समेत दाबी उपल्बध गराईने नेपालगंज शाखाका शाखा प्रमुख दिपनारायण खनालले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*