जनरल इन्स्योरेन्सको सर्वसाधारण शेयरधनीको प्रतिनिधिमा ज्ञवाली र बन्जाडे नियुक्त

२१ असार २०७८, सोमबार १६:०२

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने संचालक नियुक्ती गरेको छ । आज कम्पनीले सूचना जारी गर्दै सो पदमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडेलाई नियुक्त गरेको हो ।

कम्पनीको असार २१ गते बसेको तेस्रो वार्षिक साधारण सभाले उल्लेख भएका शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी चार वर्षको लागि संचालकमा टोखा ७ काठमाडौंकी ज्ञवाली र किमडाँडा ५ अर्घाखाचीको बन्जाडेलाई आजकै मितिबाट नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*