सानिमा जनरल इन्स्योरेन्सको तेस्रो साधारण सभा असार २३ गते

२२ असार २०७८, मंगलवार ११:४१

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको रोकिएको तेस्रो वार्षिक साधारणसभा भोली हुँदैछ । कम्पनीले असार २३ गते बुधबार वार्षिक साधारणसभा हुने जानकारी गराएको हो ।

सो सभा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १०ः३० मा हुने कम्पनीले सूचना जारी गर्दै जानकारी गराएको छ ।

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ । त्यस्तै, सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) वैशाख २९ गते नै बन्द भएको छ । वैशाख २८ गतेसम्म कायम शेयरधनी मात्र सो साधारण सभामा उपस्थित हुन पाउनेछन् । कम्पनीले यसभन्दा अघि जेठ ११ गते साधारणसभा मिति तोकेकोमा कोरोना महामारीको कारण रोकिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*