प्रिमियम इन्स्योरन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बाँडफाँड

२२ असार २०७८, मंगलवार १२:५२

काठमाडौं । प्रिमियम इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समुहको शेयर बाँडफाँड गरिएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कम्पनीले १ लाख कित्ता बोलकबोलद्धारा बिक्री गरेको सो शेयर कम्पनीको संचालक समितिको निर्णयअनुसार उक्त शेयरहरु बाँडफाँड भएको हो ।

सो शेयरहरु खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा काम्पनीहरुलाई खरिद गर्नको लागि असार ११ गतेदेखि असार १८ गतेसम्म शिलबन्दी बालपत्रद्धारा आह्वान गरिएकोमा प्राप्त शिलबन्दी बोलपत्रहरु असार २१ गतेका दिन निष्काशन कम्पनी तथा बिक्री प्रबन्धकको रोहवरमा खोली १ लाख कित्ता शेयर बाँडफाँड गरिएको जानकारी गराएको छ ।

साथै कम्पनीले बाँडफाँडमा परेको जानकारी धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*