बीमा अभिकर्ताको हकहितका लागि पर्वतमा पेशागत बीमा अभिकर्ता संघ नेपाल गठन

२२ असार २०७८, मंगलवार १४:२८

काठमाडौं । बीमा कम्पनीमा कार्यरत अभिकर्ताहरुको साझा संगठन पेशागत बीमा अभिकर्ता संघ पर्वत शाखा गठन भएको छ । यस संगठनले पर्वत जिल्लाका सबै अधिकर्ताहरुको हकहितको लागि आवाज उठाउने संघले जनाएको छ।

सबै जीवन बीमा कम्पनीहरुको छाता संगठनको रुपमा पेशागत बीमा अभिकर्ता संघ संगठन भएको हो । लाइफ इन्स्योरेन्स कम्पनीका गोविन्द अधिकारीको अध्यक्षतामा नवगठित संगठनका अभिकर्ताहरुले १३ कार्यसमिति गठन गरेको छ । बाँकि २ जना पनि समितिमा जोडेर १५ जना कार्यसमिति गठन गर्ने योजना रहेको संघले जनाएको ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका रामशरण पोख्रेल निर्वाचन संयोजक, नेपाल लाइफका शंकर गिरि र युनियन लाइफका माधव पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति र नवनिर्वाचित अध्यक्ष गोबिन्द अधिकारिले समिती गठन गरि काम सुरु गरेको हो।

जिल्लामा रहेका अभिकर्ताको पेशागत हकहितका लागि समितिको गठन गरिएको निर्वाचन संयोजक तथा सल्लाहकार रामशरण पोख्रेलले बताए । त्यस्तै सल्लाहकार शंकर गिरिले आफ्ना हकहितका लागि सबै अभिकर्ता एकजुट हुनुपर्ने बताएका हुन् ।
यस्तै नवनिर्वाचित अध्यक्ष अधिकारीले बीमा कम्पनीमा आवद्ध भएका सबै अभिकर्ताको व्यावसायीक हकहित, सुरक्षा, संरक्षण र प्रवर्द्धनमा कटिबद्ध भएर लाग्ने बताएका छन् ।

पेशागत बीमा अभिकर्ता संघको उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनिकी देबि कुमारी गुरुङ, सचीवमा नेपाल लाइफ कै नमराज पुरि, सहसचिवमा आइएमइ लाइफका रुद्र प्रसाद शर्मा , कोषाध्यक्षमा नेपाल लाइफका सुशील पौडेल नियुक्त भएका छन् ।
त्यस्तै सदस्यहरूमा नेपाल लाइफकी सरस्वती गिरि, दिनेश तिवारी, धरमदेबी गुरुङ, सिटिजन लाइफका ओमकार पौडेल, महालक्ष्मी लाइफकी तारा सुवेदी, गुराँस लाइफका रामु प्रसाद भुसाल, सानिमा लाइफका त्रिलोचन शर्मा र एलआइसी कम्पनिकी सुमित्रा अधिकारी नियुक्त भएका हुन् ।

साथै कार्यसमितिका सबै पदाधिकारीलाई पदस्थापन गराई २ जना सदस्यलाई पछि थप गर्ने जनाएको छ । त्यस्तै नवगठित समितीको बैठकले ५ सदस्यीय सल्लाहकारको रुपमा नेपाल लाइफका रामशरण पोख्रेल, शंकर गिरि, युनियन लाइफका माधव पौडेल, नेशनल लाइफका बिश्व बन्धु प्रसाइ, सिद्धार्थ इन्स्योरेन्सका मोहन आचार्यलाई चयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*