सगरमाथा इन्स्योरेन्सको साधारण सभा असार ३० गते, यस्ता छन् एजेण्डा

२२ असार २०७८, मंगलवार १४:३६

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २४ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले असार ३० गते २४ औं वार्षिक साधारण सभा गर्ने सूचना जारी गर्दै जानकारी गराएको हो ।

कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैंठकले सभा असार ३० गते बुधबार कम्पनीको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे बाडेको हो ।

सभामा कम्पनीको हाल कायम चुक्ता पूँजीबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सो बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ पुग्नेछ ।

त्यस्तै, कम्पनीबाट सामाजिक संघ/संस्थालाई आर्थिक सहयोग गर्दा भएको खर्च १६ लाख छलफल गरि पारित गरिनेछ । साथै कम्पनीको आव २०७७/०७८ को लेखापरिक्षण गर्न लेखा परिक्षक समेत नियुक्त गरी पारिश्रमिक निर्धारण गर्न जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ असार १७ गतेदेखि असार ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकारण असार १६ गतेसम्म कायम सेयरधनी मात्रै साधारण सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*