जीवन बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नै पर्ने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

२३ असार २०७८, बुधबार १६:०१

काठमाडौं । बीमा समितिले आज जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै जीवन बीमा पोलिसीको समर्पण मूल्य गणना गर्ने समय बढाएको छ । यसअघि दुई वर्षमा बीमाको समर्पण मूल्यमा पाउनेमा अब एक वर्ष थप गरी तीन वर्ष पुर्याइएको छ । जीवन बीमा क्षेत्रमा बढ्दो दुरुपयोग रोक्ने उद्देश्यले नयाँ जीवन बीमा निर्देशिका जारी गर्दै समर्पण मूल्य पाउने समय एक वर्ष बृद्धि गरिएको बीमा समितिले जनाएको छ ।

आज जारी नयाँ निर्देशिका अनुसार जीवन बीमा गरेपछि तीन वर्षको सबै किस्ता भुक्तानी भई अवधी समेत तीन वर्ष पुरा भएपछि मात्रै बीमा पोलिसीको समर्पण मूल्य पाइने छ । नयाँ व्यवस्थासँगै तीन वर्षको बीमा शुल्क भुक्तानी नगरी बीमा पोलिसी समर्पण गर्न पाइने छैन भने ऋण लिनको लागि समेत तीन वर्ष कुर्नुपर्ने भएको छ ।

आजदेखि जारी भएको नयाँ निर्देशिका अनुसार हिजोसम्म जारी भएका बीमा पोलिसीहरुको समर्पण मूल्य पुरानै व्यवस्था अनुसार दुई वर्ष नै कायम हुने बीमा समितिले जनाएको छ । आजबाट जारी भएको निर्देशिका बमोजिम आजदेखि जारी भएका तथा आज उप्रान्त हुने नयाँ पोलिसीहरुको समर्पण मूल्यका लागि तीन वर्ष नै प्रतिक्षा गर्नुपर्ने व्यवस्था लागू हुनेछ ।

नयाँ व्यवस्था अनुसार तीन वर्षको बीमा शुल्क भुक्तानी गरिसकेपछि कूल बीमा शुल्कको ८० प्रतिशत र सो मा आर्जिक बोनस मात्रै समर्पण मूल्य पाइनेछ । नयाँ व्यवस्थाले बीमितलाई ऋण लिन र बीमा पोलिसी रद्द गर्न चाहेमा थप समय कुर्नुपर्ने भएको छ ।

बीमा समितिले आज जारी गरेको जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका अनुसार बीमक कम्पनीले समेत बीमा पोलिसी सुरु गर्दा बजार अध्ययन गरेर मात्रै सुरु गर्न पाउने भएको छ । आज जारी निर्देशिकामा भनिएको छ, बीमकले नयाँ जीवन बीमा पोलिसी जारी गर्नुअघि लागत लाभ विश्लेषण र बजार अनुसन्धान प्रतिवेदन तयार गर्नुपर्नेछ । त्यस्तै, बजारीकरणको योजना समेत तर्जुमा गर्नुपर्ने छ ।

जीवन-बीमालेख-सम्बन्धी-निर्देशिका-२०७८

One thought on “जीवन बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नै पर्ने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी

  1. Manish Kumar thakur says:

    Not good

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*