आइएमई लाइफद्धारा २० लाख ५२ हजार बीमा दाबी भुक्तानी

२३ असार २०७८, बुधबार १७:३५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले २० लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

बीमित योगेश अवस्थीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । बीमा गरेको दुई वर्ष पूरा नहुँदै उनको मृत्यु भएको थियो । मृतककी आमा श्रीमती ललीता अवस्थीले आवश्यक कागजात बुझाएको एक साता भित्रै मृत्यु दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना गरेको दावी भुक्तानी कार्यक्रममा उक्त कम्पनी धनगढी शाखा तथा प्रदेश कार्यालयका सवै कर्मचारीहरुको उपस्थितरहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*