सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२४ असार २०७८, बिहीबार १३:३९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।कम्पनीको शाखा कार्यलयले मृतक प्रसान्त थापाको परिवारलाई ३ लाख रुपैयाँको दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका नायब महाप्रबन्धक राजु केसी र सहायक महाप्रबन्धक चुँडामडी सुवेदीको सहभागीतामा दिनदयाल अग्रवालद्वारा मृतक प्रसान्त थापाको श्रीमती गिता खत्रीलाई उक्त रकम हस्तान्तरण गरेको हो । मृतक थापाको गत भदौ २१ गते खोलामा खसेर मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*