एभरेष्ट इन्स्योरेन्स र सिभिल लघुवित्तको बोनस शेयर सूचीकृत

२४ असार २०७८, बिहीबार १४:३३

काठमाडौं । । नेप्सेमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७ सय ४४ कित्ता सेयर सूचिकृत भएको हो ।कम्पनीले बोनस शेयरको कर प्रयोजनका लागि ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि साधारणसभामा पेश गर्ने छ ।

सिभिल लघुवित्तको ३.५ प्रतिशत बोनस बापतको ८१ हजार ८ सय ७६ दशमलव ७९५ कित्ता सेयर सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*