कोरोना बीमाको लागि बीमा कम्पनीहरु सुचीकृत हुन वैदेशिक रोजगार विभागको आग्रह

२४ असार २०७८, बिहीबार १६:३०

काठमाडौँ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगारी विभाग ई.पी.एस कोरिया शाखाले कोभिड –१९ बीमाको लागि बीमा कम्पनीहरु सुचीकृत हुन आउन आग्रह गरेको छ ।

रोजगार अनुमती प्रणाली सञ्चालन तथा व्यवथापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने कामदारहरुको कोरिया पुगेको मितिबाट १४ दिन सम्मको ५ हजार डलर बराबरको कोभिड– १९ बीमा गराउनु पर्ने जनाएको छ ।

बीमा प्रिमियम वापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा गर्न इच्छुक बीमा कम्पनीले यहि साउन ७ भित्र बैदेशिक रोजगार विभाग ई.पी.एस कोरिया शाखामा सुचिकृतका लागि संस्था दर्ताको लागि आधिकारिक कागजातको प्रतिलिपि सहित निवेदन दिन अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*