बाढी पहिरोले २० निर्जिवन कम्पनीमा झण्डै दुई अर्बको बीमा दावी, कुन शिर्षकमा कति ?

२४ असार २०७८, बिहीबार १७:४७

काठमाडौं । बीमाको मुख्य जोखिमयुक्त मानिने बाढी, पहिरोका कारण नेपालका निर्जिवन बीमा कम्पनीहरुमा करिब दुई अर्बको बीमा दावी परेको छ । असार महिनामा देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति वापत निर्जीवन कम्पनीहरुमा ठूलो मात्रामा बीमा दावी परेको एक अनौपचारिक तथ्याङ्कले देखाएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्षको बाढी पहिरोमा एक अर्ब ९२ करोड तीन लाख रुपैयाँको बीमा दावी परेको छ । केहि समयअघि बीमा समितिले बीमा कम्पनीहरुलाई क्षती मूल्याङ्कन सम्बन्धी विवरण मागेको थियो । उक्त विवरणका अनुसार २० वटै निर्जीवन कम्पनीमा गरेर कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार बराबरको माग दाबी परेको बीमा समितिले जनाएको छ । समितिका अनुसार अविरल बर्षाका कारण असार २३ गतेसम्मको अवधिमा सम्पति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ बीमा, र विविध बीमा अन्तर्गत बीमितहरुबाट ३३१ वटा बीमाको माग दाबी परेको हो ।

बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार कुल माग दावी मध्ये १ सय ४१ वटा सम्पति बीमाको बीमा मागदावी ६९ करोड ३६ लाख, ३३ वटा मोटर बीमाको मागदावी ४ करोड ७५ लाख, ५ वटा सामुन्द्रिक बीमाको १९ लाख ८१ हजार, ६ वटा कृषि बीमाको १ करोड ६२ लाख, ५ वटा पशु पन्क्षी बीमाको २ करोड ३८ लाख र विविध तर्फ २ वटा बीमाको १ करोड ५५ लाख निर्जीवन बीमा मागदाबी परेको समितिले जनाएको छ ।
इन्जिनियरिङ बीमातर्फ क्षति भएका १ सय ७ वटा निर्माणाधीन आयोजन बीमाको माग दावी ९० करोड ७ लाख, ८ वटा निर्माण सम्पन्न आयोजना बीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्वेपमेन्ट बीमाको ८ करोड ८४ लाख र अन्य ६ वटा बीमाको १ करोड ५३ लाखको माग दावी परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*