बीमा समितिका अध्यक्ष सूर्य सिलवाल र सञ्चालकहरुलाई कारवाहीको माग गर्दै कांग्रेस–माओवादी अख्तियारमा (उजुरीसहित)

२५ असार २०७८, शुक्रबार १२:५०

काठमाडौं । सेटिङमा हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिने बीमा समितिको निर्णय निकै महंगो पर्ने देखिएकोे छ । तीन अर्बभन्दा बढि घोटाला गरिएको हिमालयन रि इन्स्योरेन्स कम्पनी दर्ता गर्ने बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल ढिला या चाँडो अख्तियारको फन्दामा पर्ने निश्चित भएको छ ।

भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसअघि नै दुई वटा उजुरी परिसकेको छ । बिहिवार नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीसहितका पाँच विद्यार्थी संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सेटिङमा नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्न अनुमति दिएको र अब लाइसेन्स दिन लागेकोले रोक्न माग गर्दै उजुरी दर्ता गरिएको हो । सयौं विद्यार्थीहरुसहित अख्तियार पुगेका उनीहरुले अध्यक्ष सूर्य प्रसाद सिलवाल, बीमा समितिका सञ्चालकहरु र हिमालयन रि नामक कम्पनीलाई लाइसेन्स दिने सम्बन्धी फाइलमा हस्ताक्षरकर्ता कर्मचारीहरुलाई समेत कारवाहीको माग गरिएको छ ।

आयोगमा लिखित उजुरी दिनेहरुमा नेविसंघका सभापति राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ्, अनेरास्ववियु माधव नेपाल समुहका सदेश पराजुली, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष बिमल पोखरेल रहेका छन् ।

 

 

One thought on “बीमा समितिका अध्यक्ष सूर्य सिलवाल र सञ्चालकहरुलाई कारवाहीको माग गर्दै कांग्रेस–माओवादी अख्तियारमा (उजुरीसहित)

  1. Ram prasad aryal says:

    Corruption ho bhane ta karvahi hunai parxa.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*