नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

२५ असार २०७८, शुक्रबार १२:४६

काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

एभरेष्ट इन्स्योरेन्सको ८ लाख ७६ हजार ७४४ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सूचिकृतपश्चात इच्छुक लगानीकर्ताले खरिद गर्न पाउनेछन् । कम्पनीको सम्पन्न साधारणसभाबाट ८ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।

त्यस्तै, सिभिल लघुवित्तको ८१ हजार ८७६ दशमलव ७९५ बोनस शेयर सूचिकृत भएको छ । इच्छुक लगानीकर्ताले आजको मितिबाट नै सो शेयर खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको सम्पन्न साधारणसभाबाट ३.५ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*