रिलायबल लाइफ इन्स्योरेन्सले शनिबार पनि सेवा दिँदै

२५ असार २०७८, शुक्रबार १५:१८

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले असार २६ गते शनिबार पनि सेवा प्रदान गर्ने भएको छ । कम्पनीले बीमितहरुलाई सम्पूर्ण सेवा प्रदान गर्न शनिबार पनि कम्पनी खुल्ला गर्ने जानकारी गराएको हो ।

कम्पनीले एक सूचना जारी गर्दै बीमालेखहरु नविकरण सेवाका लागि सो दिन कम्पनीका सम्पूर्ण कार्यालयहरु खुल्ला रहने जानकारी गराएको छ ।

साथै कम्पनीका अनुसार बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरुले असार मसान्तसम्म नविकरण गरी विलम्व शुल्क १०० प्रतिशत छुट सुविधाको लाभ लिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*