युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा ११ लाख बढीको आवेदन

२५ असार २०७८, शुक्रबार १६:१३

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा ११ लाख बढीको आवेदन परेको छ ।कम्पनीले आइपीओ निष्काशन गरेको दास्रो दिनमा ३ः३० बजे सम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन परेको छ ।

आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । आइपीओमा २८ गतेसम्म आवेदन दिन सकिने छ । मागभन्दा बढी आवेदन परेको कारण कम्पनीको आइपीओमा थप समय नहुने भएको छ । जसका कारण पहिलो मितिमा लगानीकर्ताले आवेदन दिईसक्नुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*